२५ बैशाख, काठमाडौं ।

नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्केका छन् ।

गुरुङले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिएका हुन् । पोखराको गुरुङ समुदायमा रहेका जीतबहादुर पोखरामा मामा नामले चिनिन्छन् ।

युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए ।

गुरुङले आशा गरेका नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादवको पछि लागेको र नयाँ शक्तिले देशको बैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भएकाले आफू माओवादी केन्द्रमै फर्किएको बताए ।