१२ माघ, काठमाडौं ।

भारतीय नाकाबन्दी नखुलेका कारण भारत भ्रमणमा जाने भनिएपनि समस्यामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संसोधन गरेको जानकारी गराएका छन्।

सिधै नाकाबन्दी खोल्न आग्रह नगरेपनि ओलीले भारतको ६७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा समकक्षी नरेन्द्र मोदीलाई पठाएको बधाई सन्देशमा आफूले संविधान संसोधन गराएको उल्लेख गरेर अव नाकाबन्दी खोल्न घुमाउरो आग्रह गरेका हुन् ।

KP-oli-and-Modi

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा भारतले गर्दै आएको साझेदारी र सहयोगको प्रशंसा पनि गरेका छन् । भूम्पको समयमा भारतले गरेको सहयोग र पुननिर्माणमा प्रदान गर्ने सहयोग प्रतिवद्धताको प्रशंसा गर्दै उनले जनताको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गरिएको भन्ने जानकारी समेत मोदीलाई दिएका छन् ।

नाकाबन्दी नखुल्दा प्रधानमन्त्री ओली तनाबमा !

प्रधानमन्त्री निवास वालुटार स्रोतका अनुसार अझै पनि नाका खुल्न संकेत नपाउदा प्रधानमन्त्री ओली तनाबमा परेका छन् । वालुटार स्रोतले भन्यो, ‘संविधान पछि नाका खोल्ने आश्वासन आएको थियो, दुई दिन वितिसक्दा समेत पचासी आपूर्ति हुने वीरगन्ज नाका सञ्चालन नआउनु निकै गम्भीरको विषय हो ।’

नेपालीलाई निराश पार्ने रञ्जित रे को बोली

आन्तरिक तयारी भएपनि भारतले भनेकोजस्तो नाकाबन्दी सहज रुपमा नखोल्ने हो भने ओलीको भारत भ्रमण तत्कालनको लागि स्थगित हुने बताइएको छ ।