२५ भदौ, काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा ‘नाच फिरिरि’बाट आफूलाई स्थापित बनाएका गायक महेश काफ्लेको ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

जीटुवान डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ । महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्माका साथमा गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।

असिम शाहले निर्देशन गरेको भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मेवारी लोकेश बज्राचार्य सम्हालेका थिए ।