२६ भदौ, काठमाडौं । किर्गिस्तानमा सम्पन्न नाडेज्दा कप महिला फुटबलको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको छ ।

फाेटाे:एन्फा

पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाँदै दुई गोल नै फर्कायो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् । खेलको अन्तिममा पाएको पेनाल्टीमा उनले दोस्रो गोल गरेकी हुन् ।

नेपाल समूह चरणमा पनि उज्वेकिस्तानसँग नै २–० ले पराजित भएको थियो । तर बाँकी दुई खेल जितेर फाइनलसम्म पुगेको हो ।