२८ कात्तिक, धनगढी । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन्।

फाइल फाेटाे

आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताए ।

सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे । काङ्गेसको भ्रातृ संस्था तथा शुभेच्छुक सङ्घसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्र्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले सङ्घसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिए ।रासस