नाशाले पृथ्वीमा १ वर्ष भरी वनस्पति जगतमा आउने परिवर्तनलाई मिलाइ एक एनिमेटेड तस्बिर सार्नजनिक गरेको छ। तस्बिरमा वर्षदिन पृथ्वीको जमिन र पानीमा भएको जैविक गतिविधि देख्न सकिन्छ।

तस्बिरमा देखिएको हरियो रंगले क्लोरोफिल जनाउँछ। महिना बितेसंगै हरिया बोटविरुवाको सङ्ख्या र पालुवाको घनत्व बढ्ने भएकाले हरियोपना बढेको देखिन्छ।

earthbreathe

डिसेम्बर देखि फेब्रुअरी, हिउँदको समयमा घामको प्रकाश कम आउने भएकाले उत्तरी गोलार्धमा निकै कम वनस्पति देखिन्छन्।

तस्बिरको तल ३ वटा लाइन छन्, जसमा समय, जमिनको वनस्पति र समुन्द्री वनस्पतिको जानकारी दिइएको छ। कुन-कुन महिनामा वनस्पति र समुन्द्रको स्थिती कस्तो हुन्छ भनि यो तस्बिरबाट थाहा पाउन सकिन्छ।

वर्ष दिनको तस्बिर यसरी मिलाउँदा पृ्थ्वीले स्वास फेरेझै देखिने यो तस्बिरलेले समुन्द्र र वनस्पतिको पृ्थ्वीमा कस्तो स्थिती छ देखाउँँछ।