५ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूलय घटाएको हो ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८, मट्टितेल र डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

१५ दिनअघि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।