६ माघ, काठमाडौँ।

निजी विमान कम्पनीले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि विमान कम्पनीले आन्तरिक रुटमा बुधबारदेखि लागु हुने गरि हवाई भाडा घटाएका हुन् ।

आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँमा झारेपछि भाडा घटाउने निर्णय भएको हो ।

आन्तरिक विमान कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले कम्तिमा सात सय ७५ देखि बढीमा दुई हजार ६ सय ७० रुपैयाँसम्म भाडा घटाएका छन् । तर नेपालगञ्ज र पोखराबाट सञ्चालन हुने पहाडी तथा लुक्लाबाट हुने हिमाली रुटको भाडा भने नघटाइएको संघले जनाएको छ ।

गएको कात्तिकमा आयल निगमले हवाई इन्धनको मूल्य एक सय १५ रुपैयाँ बढाएर प्रतिलिटर दुई सय ३३ पुर्याएपछि निजी विमान कम्पनीले कम्तिमा १४ सयदेखि बढीमा चार हजार ९ सय ७० रुपैयाँसम्म भाडा बढाएका थिए ।

यो पन पढ्नुस्।

आज निजी बाइक र स्कुटरलाई पेट्रोल

कमेडी नाइट्स विथ कपिल अर्कै च्यानलमा प्रशारण हुने?