सस्तो अनि सजिलै भोक मार्न चाउचाउ सबैभन्दा चर्चित खानेकुरा हो। काँचै वा सुप बनाएर खान सकिने चाउचाउ स्वास्थ्यको लागि फाइदाजनक छैन भन्ने सबैलाई थाहा छ। साच्चै कति हानिकारक छ पढ्नुस्ः

खोज
मासाच्युसेट्स जनरल हस्पिटलका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर ब्राडेन कुओको खोज अनुसार घरमै बनाइएको चाउचाउ शरिरले १-२ घण्टामा नै पचाउँछ जबकी बजारको चाउचाउ घण्टौँसम्म पेटमै रहन्छ, शरीरले सहजै पचाउन सक्दैन। चाउचाउ सुरक्षित राख्न यसमा राखिने प्रिजरभेटिभ केमिकलको कारण पेटलाई यो पचाउन गाह्रो हुने हो।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (FDA)को अनुसार यदि चाउचाउ नियमित खाँदा ट्युमर वा क्यान्सरको सम्भावना बढ्छ। चाउचाउमा हुने Tertiary-butyl hydroquinone (TBHQ) नामक प्रिजरभेटिभ (सुरक्षित राख्न प्रयोग गरिने केमिकल) पर्यफ्युममा प्रयोग गरिने केमिकल हो। यसले भित्री अंगहरुलाई कमजोर बनाउँछ। TBHQ बाहेक चाउचाउमा प्रोपाइलिन ग्लाइकोल प्रयोग गरिन्छ। यो सूर्तिजन्य पदार्थमा प्रयोग गरिने केमिकल हो।

साथै चाउचाउमा अन्य सेन्थटिक केमिकल जस्तै कर्न सिरप, पाल्म र मोनोसिडियम ग्लुटामेट (MSG) हुन्छ।

अर्थात चाउचाउ खानु हानीकारक रसायन सेवन गरे सरह हो। बरु घरमै आफैले बनाएर खान सकिन्छ तर प्याकेटमा आएको चाउचाउबाट परै रहनु नै आफ्नो स्वास्थ्य बचाउनु हो।