६ कात्तिक, रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

तीन हजार ४०४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा एक हजार २३५ सवारीचालकलाई कारबाही गरी रु सात लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी रु चार लाख १४ हजार तथा असोजमा एक हजार २६४ सवारीचालकलाई कारबाही गरी रु आठ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिए ।

तीन महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।