१८ मंसिर, काठमाडौं ।

तीन महिनादेखि तराई मधेसमा जारी आन्दोलन र दुई महिनादेखि भारतले गरेको नाकाबनन्दी खोल्नको लागि प्रमुख तीन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य शीर्ष नेताहरु सहभागी भएका छन् ।

Baluwatar Top Leader Meet 1

साँझ ६ बजेबाट मोर्चासंग वार्तामा बस्नु अघि तीन दलको बैठक बस्न लागेको हो । एमाललेले कांग्रेस नेतृत्वको सरकारले अगाडि सारेको संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको छ ।

उपेन्द्र यादवले अमेरिकी–बेलायती राजदूत भेटे

सहमति निर्माणको लागि प्रधानमन्त्री ओलीले जस्तोसुकै चलकता अपनाउन पनि तयार रहेको बताउंदै आएका छन् ।

निर्णायक भनिएको वार्ताबारे मधेशी नेतालाई थाहा छैन !

प्रचण्डले अघि सारेको सीमाकंनको विकल्पको बारेमा पनि छलफल हुने बताइएको छ । तीन दलले साझा धारणा बनाएपछि मोर्चासंग आज नै निर्णायक वार्ता हुने वालुटार स्रोतले दावी गरेको छ ।