२६ जेठ, एजेन्सी।

भारतीय प्रहरीले १६, १८ र २८ वर्षिया तीन युवतीलाई देश व्यापारको आरोपमा पक्राउ परेका छन्। मुम्बइ स्थित मणिकपुरको रेलवे स्टेशनको नजिक रहेको एक फ्ल्याटबाट शकिला शेख, पुष्पलता र मार्गेट नाम गरेका ३ युवती पक्राउ गरेको हो। पक्राउ परेपछि एक युवतीले आफुलाई बलिउड निर्देशकको छोरी भएको बताएकी छिन्।

प्रहरीले महिलाहरुको चङ्गुलबाट जो ३ युवतीलाई छुटाएको छ उनीहरुमा १६ वर्षकी केटी १० कक्षा पास, २८ वर्षकी एक विधवा हुन। १८ वर्षकी युवतीले आफुलाई बलिउड निर्देशकको छोरी भएको बताएकी छिन्।

१० कक्षा पढ्ने युवतीले आफुलाई आफ्नो आमाले नै सेक्स र्याकेटको धन्दामा लगाएको बताएकी छिन्।

उनीहरुले यो धन्दा मोबाइल फोन, एसएमएस र ह्वाट्सएपको सहयोगले चलाएको बताइएको छ।

भारतीय मिडियाको अनुसार यहाँ उमेरको हिसाबले रेट तय हुने गरेको बुझिएको छ। २० वर्ष उमेर भन्दा कमका केटीहरुको माग हुन्थ्यो भने ५ देखि १० हजारमा कुरा हुनेगर्थ्यो। त्यस्तै २० देखि ३० वर्ष उमेका केटीहरुको लागि ३ देखि ५ हजार र ३० भन्दा माथिका उमेरको लागि ३ हजार भारु चार्ज लिइने बताइएको छ।