६ मंसिर, काठमाडौं  । कर्तब्य ज्यानको मुद्दामा दोषी ठहर भएका रुकुमका दुई व्यक्ति ७ वर्षपछि निर्दोष सावित भएका छन् । जिल्ला अदालतको फैसलाअनुसार जन्मकैदको सजाय भोगिरहका मुसिकोट नगरपालिका १२ का पुर्णबहादुर ओली र वडा नम्बर ११ का किरण केसी जेलमुक्त भएका हुन् ।

पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो । तर सर्वोच्चले उनीहरु दुबै निर्दोष रहेको सावित गरेपछि जेलमुक्त भएका हुन् । २०६७ सालमा भएको ब्यक्ति हत्याको मुद्दामा जिल्ला अदालत रुकुमले २०६९ असार १९ गते हत्यारा भएको फैसला गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

२०७० बैशाख १६ गतेको तत्कालिन पुनराबेदन अदालत तुल्सीपुर दाङले रुकुम जिल्ला अदालतले गरेको सजाय सदर गरेको थियो । त्यसपछि सजायँ भोगिरहेका ओली करिब ७ बर्ष र केसी ५ बर्ष पछि निर्दोष साबित भएर जेलमुक्त भएका हुन् ।