२३ कात्तिक, एजेन्सी । भारतको मध्यप्रदेशमा हनिट्र्यापको घटना बाहिर आएको छ । घटनामा उच्च पदस्थ व्यक्तिहरु पनि सामेल भएको खबर छ ।

हनिट्र्यापको घटनामा संलग्न ५ मध्ये दुई महिलाहरुको सम्बन्ध लोकसभाका दुई ठूला नेताहरुसँग पनि भएको खुलासा भएको छ । ती दुई महिलाले ठूला नेताहरुसँग सम्बन्ध बनाएको र उनीहरुसँग ३० करोड रुपैयाँ माग्दै ब्ल्याकमेल गरेका हुन् । पैसाको कुराका नमिलेपछि नेताहरुसँग उनीहरुको कैयौँपटकसम्म कुराकानी भएको थियो ।

राज्यमा विधानसभाको चुनावपछि सत्ता परिवर्तन भएपछि यी महिलाहरुको पहुँच सरकारसँग कम भएको थियो । महिलाहरुले कांग्रेस र अन्य राजनीतिक दलको साथै विपक्षी दल भारतीय जनता पार्टीका नेताहरुसँग पनि सम्बन्ध बनाइराखेका थिए । यी महिलाहरुले दुवै दलका कैयौं नेताहरुको भिडियो भएका दाबी गर्दै मनलाग्दी रकम मागेका थिए ।

भारतीय मिडियाका अनुसार यी महिलाहरुले भोपालको एक नेताको भिडियो बनाएका थिए । भिडियोको विषयमा भाजपा, कांग्रेस अथवा दुवै दलसँग छलफल गर्दै रकमको माग गर्ने गर्थे । राजनीतिक दलका कैयौँ नेताहरु यस्ता भिडियो ६ करोड रुपैयाँसम्म तिरेर किन्न तयार भएका थिए । तर महिलाहरुले भने ३० करोडभन्दा कममा आफूहरुले भिडियो नदिने बताइरहेका छन् ।

उनीहरुले मागेको रकम धेरै भएकोले कुनैपनि दलका नेताहरुले उक्त भिडियो किन्न सकिरहेका थिएनन् । चुनावपछि यी सत्तामा आएको दलले प्रहरीलाई उनीहरुको विशेष्ण निगरानी राख्न निर्देशन दिएको थियो । प्रहरीले उनीहरुको साथबाट बरामद गरेको मोबाइल, ल्यापटप र पेनड्राइभमा ४ हजारभन्दा बढी आपत्तिजनक भिडियो क्लिपहरु भेटिएको थियो ।