२८ भदौ, एजेन्सी । मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् । बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ ।

प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको तत्कालिन गठबन्धनले गत बर्ष अत्यधिक मतका साथ निर्वाचन जितेको थियो । भ्रष्टाचार विरुद्ध काम गर्ने मुख्य एजेण्डा रहेको सो गठबन्धनले राजनीतिक मुलधारबाट बाहिर रहनु भएको मोहम्मदलाई फेरी सत्तामा ल्याएको हो ।

अहिले बनेको नयाँ गठबन्धनमा पूर्व सत्तारुढ दल युनाईटेड मलायज नेशनल अर्गनाईजेसन (युएमएनओ) र पान मलेसियन इस्लामिक पार्टी (पीएएस) रहेका छन् ।दुई पार्टीले सहकार्य गर्ने र गठबन्धन बनाउनेसम्वन्धी सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेको अधिकारीहरूले जनाएका छन् । उनीहरुले आउँदो सन् २०२३ मा हुने निर्वाचनलाई लक्षित गरेर गठबन्धन गरेको समाचारमा जनाइएको छ ।