२७ भदौ, काठमाडौं ।

प्रदेश दुईमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका लागि खटिएको टोलिले ठूलो मात्रामा प्रचार सामाग्री नष्ट गरेको छ ।

आयोगबाट खटिएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वमा बारा जिल्लाका विभिन्न सार्वजनिक स्थानबाट करिब तीन हजार थान तूल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरिएको छ ।

स्थानीयबासीको गुनासोपछि अनुगमनकर्ताले त्यस क्षेत्रको अनुगमन गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले निर्वाचन आयोगलाई पठाउनुभएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगले जनाएको छ ।