१० फागुन, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल बीच भेटबार्ता भएको छ ।

भट्टराई निबासमा भएको भेटमा समसामयिक राजनैतिक बिषयमा कुरा भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

भेटमा परिवर्तनका उपलब्धिहरुको संरक्षण गर्ने तथा संबिधानलाई थप स्वीकार्य बनाउन आन्दोलनरत दलका मागहरु कसरी सम्बोधन गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट दुई पार्टी प्रमुख बीच भेट भएको हो ।