२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडदशैं, तिहार, छठ र नेपाल संवतका अवसरमा आज भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा नेकपाका नेता कार्यकर्ताका साथै प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगे । कोजाग्रत पूर्णिमाको दिन असोज २६ गते नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली गएका थिए । त्यसैको पैंचो तिर्न पनि होला देउवा आज भृकुटीमण्डप पुगे ।

सबै फाेटाे: रासस