काठमाडौँ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् ।

उनी सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न चीनतर्फ प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

चीनमा रहदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कनेछन् । रासस