४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एजेण्डामै प्रवेश नगरी सकिएको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पूर्व निर्धारित एजेण्डामा प्रवेशै नगरी सकिएको हो । बैठकमा प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्ताबारे जानकारी गराएका नेकपाका बरिष्ठ नेता झलनाथ खनालले बताए । उनका अनुसार बैठक महत्वपूर्ण विषयमा प्रवेशै नगरी सकिएको हो ।

सचिवालय बैठकले पार्टी एकीकरणको बाँकी काम टुंग्याउने बताइएको थियो । यसअघि हिजो डाकिएको बैठक नेताहरुको व्यस्तता भन्दै आज विहान ११ बजेका लागि बोलाइएको थियो । तर विहान ११ बजेको बैठकलाई ३ बजे सारिएको थियो । पार्टी एकीकरणको काम अन्तर्गत पोलिट्ब्युरो गठन, प्रवास कमिटी गठनलगायतका काम टुंगो लगाउन बाँकी छ ।