२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एकीकरणको बाँकी विषय टुंगो लगाउने भनिएपनि कुनै छलफल हुन सकेन ।

बैठकले तीन तहको उपनिर्वाचनका लागि पुनः निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने भएकाले यहि भदौ महिनाभित्र दल दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सांगठनिक एकीकरणका टुंगिन बाँकी काम छिट्टै बैठक बसेर टुंगो लगाइने उनले बताए ।