२६, मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अन्यौलमा परेको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक अझै सुरु हुन नसकेको हो । बैठकका एजेण्डामा संस्थापन पक्ष, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच सहमति नहुँदा बैठक चल्न नसकेको हो ।

सभापति देउवाले केन्द्रीय समितिको कार्यकाल सकिने बेला २५ विभागलाई बढाएर ४५ वटा बनाउने प्रस्ताव गरेपछि विवाद चर्किएको हो । अहिले पार्टी कार्यालय सानेपामा गुटगत छलफल जुटेका छन् ।

नेताहरु छलफलमा जुटिरहँदा बाहिर नेविसंघका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा गर्ने कार्यसूची छ ।