काठमाडौं ।

नेपालमाथि नाकाबन्दी लगाएको भारत समेत असुरक्षित नरहेको भन्दै भारतीय मिडियाले सनसनीपूर्ण रिपोर्ट प्रसारण गरेको छ ।

भारतको चर्चित समाचार च्यानल एविपीले प्रसारण गरेको रिपोर्टमा नेपालमा उत्पन्न अवस्थाले भारतलाई नेपाललाई भन्दा पनि बढी खतरा रहेको दावी गरिएको छ ।

ABP report on Nepal

सन् १९९९ मा इण्डियन एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट अपहरण गरेर अफगानिस्तान लगिएको घटनाबाट शुरु गरिएको उक्त रिपोर्टमा अशान्त नेपाल भारतका लागि घातक हुने विश्लेषण गरिएको छ ।

यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्दै संसदमा नारा लगाउने साहसी सांसद

पाकिस्तान र चीन समेत अन्य पश्चिमा देशहरुले समेत नेपालको वर्तमान अवस्थालाई प्रयोग गरेर भारत विरुद्ध काम गर्न सक्ने यो रिपोर्टको दावी छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

एविपी न्यूजलाई प्रधानमन्त्री मोदी निकट सञ्चार माध्यम मानिन्छ । नक्कली नोटको कारोबार र अण्डर वर्ल्डका डनहरुले समेत नेपालको भूमि प्रयोग गरिरहेको भन्दै यो रिपोर्टमा नेपालका विश्लेषक सहित परराष्ट्रमन्त्री कमल थापाको भनाइ समेत समावेश गरिएको छ ।

रिपोर्टमा बोल्ने नेपाली विश्लेषक तथा भारतीयहरुले समेत यो समस्या नेपालका लागि मात्र नभएर अशान्त नेपाल भारतका लागि सँधै खतरनाक रहेको बताएका छन् ।

हेर्नुस् भिडियोः

कमल थापाले अस्थिर र अराजक नेपाल न त नेपालको न त भारतकै हितमा छ भनेर दोहोर्‍याएका छन् ।

त्यस्तै विश्लेषक सीके लालले पनि यो अशान्ति नेपालका सत्ताधारी, मधेशका आन्दोलनकारी वा भारत कसैलाई पनि हितमा नरहेको भनेका छन् ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

यस अघि पनि नेपालको अवस्थालाई लिएर विभिन्न सनसनीपूर्ण रिपोर्ट प्रसारण र प्रकाशन गरिसकेका छन् ।

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)