१९ असोज, नयाँ दिल्ली ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले नेपालमाथि लगाएको नाकाबन्दीको विरोध गरेको छ ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

नेपालसँग भारतको सम्बन्ध अमूल्य रहेको भन्दै भारतीय कांग्रेसले यो सम्बन्ध विगार्नु घातक भएको चेतावनी पनि दिएको छ ।

modi vs sonia

मोदी सरकारको कदमले भारत नेपाल सम्बन्ध धरापमा पारिरहेको र नेपाल भारतबाट टाढिएर चीनसँग नजिक हुने भन्दै भारतीय कांग्रेसले सम्बन्ध सुधार गर्न सुझाव दिएको छ ।

नेपालमाथी भारतले लगाइरहेको अघोषित नाकाबन्दी अमानवीय रहेको भन्दै भारतीय कांग्रेसले नेपालसँग तत्काल सम्बन्ध सुधारको पहल लिन नरेन्द्र मोदीलाई सुझाव पनि दिएको छ ।

भारतीय कांग्रेसले भन्यो- ‘मोदी नीति नेपालमा असफल’

भारतको चर्चित अखबार इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणले जनाए अनुसार कांग्रेसले नेपाल–भारत सम्बन्धको पछिल्लो विकासक्रमको सही समाधान खोज्न भारत सरकार सम्बेदनशील हुनु पर्नेमा जोड दिएको छ ।

विविसी फिचरः मोदीको विदेश नीति पानीको फोक्का झैं फुट्यो

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नाकाबन्दीका कारण नेपाल चीनसँग नजिक हुने अवस्था नआओस भनेर दिएको चेतावनीप्रति भारतीय कांग्रेसले गम्भिर चासो देखाएको छ ।

भारतीय कांग्रेसले यस अघि नै मोदीको नेपाल नीति असफल भएको भन्दै संविधानको स्वागत नगरी नाकाबन्दी लगाउने सरकारी कदमको विरोध गरिसकेको छ ।