८ साउन, काठमाण्डौ ।
नेपालमा मनसुन सक्रिय भएपनि नेपालगन्जबाहेकका ठाउँहरुमा औषतको जती पानी परेको छैन । अंग्रेजी महिनाको जुनदेखी सेप्टेम्बरसम्मको मनसुनी अवधिमध्ये सबैभन्दा धेरै पानी पर्नुपर्ने जुलाई र अगस्ट महिना हो ।

तर जुलाई महिनाको अन्तिम साता सुरु भईसक्दासम्म नेपालगन्जबाहेक अन्य ठाउँहरुमा औषतको जति बर्षा मापन नगरीएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । औषतमा ४ सय ३० मिलिमिटर पानी पर्नुपर्ने नेपालगन्जमा हिजोसम्म ४ सय ५५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ ।

weather
नेपालगन्जपछि काठमाण्डौमा ३ सय ४९ मिलिमिटर बर्षा मापन गरीएको छ । काठमाण्डौँमा जुलाई महिनामा ३ सय ६३ मिलीमिटरसम्म बर्षा हुने गरेको छ । मौसमवीद्हरुले यसअघि देखीनै मनसुनभर पहिलेका वर्षहरुमा जस्तो पानी नपर्ने बताउँदै आएका छन् ।

केही दिनदेखी देशका अधिकांस भागमा पानी परेपनि त्यो औषतको जति नभएको मौसमवीद् समिर श्रेष्ठले बताए । उनका अनुसार सुदुरपश्चिममा मौसम बदलीभई बिहानैदेखी पानी परीरहेको र पूर्वी तराईमा दिउँसोसम्म पानी पर्नेछ ।

न्यूनचापिय रेखा दक्षिणतीर सरेकाले अहिले भारतको बंगाल लगायतका ठाउँमा भारी वर्षा भएको छ । तर नेपालमा दिनभरीजसो सुख्खा रहने र साँझबिहान पानी पर्ने गरेको छ । यो क्रम अझै केही दिन यथावत रहने मौसमवीद् श्रेष्ठले बताए ।