१३ माघ, काठमाडौं । चीनमा कोरोना भाइरसले ८० जनाको मृत्यु भइसकेको अवस्थामा नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

कोरोना भाइरसले चीनमा ब्यापक असरर पारिरहेको छ भने अन्य देशहरुमा पनि संक्रमण फैलँदो छ । चीनमा आवतजावत गर्ने कपितय देशहरुले त चीनसँग हुने उडान सेवामा प्रतिबन्ध लगाइसकेका छन् ।