काठमाडौं ।

नेपालमा नयाँ संविधान जारी भएपछि भारतले नाकाबन्दी गर्दा जनजीवन अस्तब्यस्त बन्न पुगेको छ । दशैंको मुखमा भारतले गरिरहेको यो नाकाबन्दी नयाँ सरकार बनेपछि केही खुकुलो हुने संकेत देखिएपनि त्यस्तो सम्भावना टर्दै गएको छ ।

नेपालमा संविधान बन्नु अघि देखि नै भारतीय मिडियामा नेपालले चीनमा षडयन्त्र गरिरहेको भन्दै विभिन्न प्रचारवाजी चलिरहेको थियो । संविधान बनेपछि र भारतीय नाकाबन्दीपछि त यस्ता अफवाहले झनै ब्यापकता पाएका छन् ।

indian media on china influence in Nepal


नेपालको संविधान बनाउन चीनको ठूलो लगानी रहेको र त्यसकै कारण भारतलाई पाखा लगाइएको दावी गरिएको एक सनसनीपूर्ण टेलिभिजन रिपोर्ट सार्वजनिक भएको १५ दिन पनि नवित्दै भारतको अर्को मिडियाले नेपालमा चीनले ठूलो षडयन्त्र गरेर भारतमाथि घेराबन्दी गर्न खोजेको दावी गरेको छ ।

भारतीय मिडिया भन्छ- ओलीमाथि भरोसा छ

न्यूज नेशनले प्रकाशित गरेको यो रिपोर्टमा चीनले भारतलाई चारैतीरबाट घेर्दै गरेको र पाकिस्तान, म्यानमार पछि अव नेपालमा समेत पसेको भनिएको छ ।

indian media on china influence in Nepal 1

चीनले नेपाल प्रवेशका लागि भित्री सुरुङ खनिरहेको दावी गरिएको यो रिपोर्टमा छिट्टै चिनियाँ सेना नेपालमा तैनाथ हुने दावी समेत गरिएको छ ।

भिडियो हेर्नु्स्

यो रिपोर्ट भन्छ चीनले नेपालसँग रेल जोड्ने मात्र तयारी गरेको छैन नपालमा स्पेसल इकोनोमिक जोन SEZ समेत बनाउँदैछ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन सघाउन इच्छुक देखिएको चीनले काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र SEZ बनाउन लागेको समेत यो रिपोर्टमा उल्लेख छ ।

ओलीलाई चीनको समर्थन, भारतलाई खतरा – भारतीय मिडिया

नेपालमा मधेशी आन्दोलनमा भारतको हात छ भनेर अफवाह फैलाइएको र त्यसका लागि विभिन्न शक्तिले काम गरेको दावी गरिएको यो रिपोर्टमा चीनले भारत र नेपालको सम्बन्ध विगार्न षडयन्त्र गरिरहेको भनिएको छ । चीनले नेपालमा गलत अवधारणा बनाउन लागिरहेको भन्दै भारतीय नाकाबन्दीको कारण देखाएर चीन नेपालसँगका नाका खोल्न तिव्रताका साथ लाग्नु त्यसकै संकेत भएको भनिएको छ

माओवादीमाथि आरोप

भारतीय मिडिया रिपोर्टले नेपालमा भारत विरोधी भावना फैलाउन नेपालका माओवादीले मुख्य भूमिका खेलेको दावी गरेका छन् । माओवादीले चीनको आड लिएर भारतविरुद्ध दुष्प्रचार गरिरहेको र अफवाह फैलाइरहेको रिपोर्टको आरोप छ ।

indian media on china influence in Nepal 2

अन्तिम समयमा आएर स्थगित भएपनि प्रचण्डको चीन भ्रमणको निम्तो पनि त्यसकै पाटो भएको भारतीय मिडियाको भनाइ छ । नेपालका माओवादीले पहिले देखि नै भारतविरोधी भएको र चीनसँग मिलेर सिल्करोड परियोजनालाई प्रोत्साहित गरिरहेको रिपोर्टको दावी छ ।

नेपालले अन्य देशबाट पेट्रेल ल्याउने भन्दा भारतीय मिडियालाई टेन्सन

नरेन्द्र मोदीले विदेश भ्रमणमा नेपाललाई नै शुरुमा रोजेको भएपनि भारतविरुद्ध षडयन्त्र भैरहेको दावी गर्दै