१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा जिम्बावेले नेपालसामु १६१ रनको रनको चुनौति दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो । नेपालका सन्दिप लामिछानेले २, सोमपाल कामीले २, कप्तान पारस खड्का र अविनाश बोहोराले एक/एक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । टेष्ट मान्यताप्राप्त जिम्बावेसँग नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित दर्ता गराएको थियो ।