१० असोज, काठमाडौं । त्रिकोणात्मक टि ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सिंगापुरमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । टेष्ट मान्यता प्राप्त जिम्बावेसँग नेपालको जित कठिन छ । नेपाली टिममा यसपटब नियमित खेलाडीहरु ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् ।

अर्को खेलमा नेपालले भोली घरेलु टोली सिंगापुरसँग प्रतिष्पर्धा गर्नेछ । दुई दिनपछि मंगलरबार र बुधबार क्रमशः जिम्बावे र सिंगापुरसँग नेपालले प्रतिष्पर्धा गर्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्नेछन् । सिनियर टोलीको प्रतिष्पर्धामा नेपालले अहिलेसम्म जिम्बावेलाई हराउन सकेको छैन । त्यसैले यो प्रतियोगिता नेपालको लागि चुनौतीपूर्ण हुनेछ । नेपाल सिंगापुरको खेल सकेर पाँच देश सम्मिलित प्रतियोगिता खेल्न ओमन जानेछ ।