२६ कात्तिक, काठमाडौं ।

एसिसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा नेपालले भारतलाई १८६ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायुमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो ।

नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ८८ रन बनाए। ११ बल खेलेका ऐरीले २ छक्का र ४ चौका प्रहार गरेका थिए।

त्यस्तै जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रनको योगदान दिए। नेपालका सात जना खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

भारतका लागि आदित्य थाक्रे र अभिशेक शर्माले २-२ विकेट लिए भने मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे।