६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा एक स्थान तल झरेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो । नेपाल यसअघिको वरीयतामा १५ औं स्थानमा रहेको थियो । ८ खेलबाट १९ रेटिङ पाएको नेपाल वरीयतामा यूएई र पपुवा न्युगिनी भन्दा माथि रहेको छ । नेपाल टि–ट्वान्टी वरीयतामा भने ११ औँ स्थानमा यथावत् रहेको छ ।

आईसीसीको एकदिवसीय वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा न्युजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेको छ । टि–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । त्यस्तै दोस्रोमा इंग्ल्यान्ड तेस्रोमा दक्षिण अफ्रीका रहँदा चौथो स्थानमा भारत रहेको छ ।