२२ साउन, काठमाडौं।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स विरुद्वको खेलका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

सारा विश्वलाई आश्चर्यमा पार्नेगरी ब्राजिलमा आजबाट यसरी सुरु भयो ओलम्पिकको महामेला – तस्बिरहरु

कप्तान पारस खड्का नेतृत्वको टोली बिहान नेदरल्याण्ड्स प्रस्थान गरेको हो । टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बिदाई गरेका थिए । नेदरल्याण्डस् जानु अघि कुरा गर्दै कप्तान खड्काले आफूहरु सकेसम्म राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले हालै भएको इंग्ल्याण्ड भ्रमणले नेपाली टोलीलाई फाईदा पुगेको भन्दै बलिङ्ग र ब्याटिङ्गमा टिम सन्तुलित भएकाले नेदरल्याण्डस् विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

रोनाल्डो र ग्यारेथ उत्कृष्ट खेलाडी, गत वर्षका विजेता मेस्सी परेनन्

नेपालले यही साउन २९ र ३१ गते नेदरल्याण्डस्संग खेल्नेछ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ ।