१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले भारतको सामना गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । एभीसी सेन्ट्रल जोन भलिवलको उपाधि जितेर उच्च मनोबलका साथ खेलिरहेको नेपाली महिला टोलीले हिजो बंगलादेशविरुद्ध सानदार जितसँगै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।

नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । आज जित हात पारेमा नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ । पाकिस्तान खेलमा सहभागी नभएकाले माल्दिभ्सले हिजो वाकओभर पाएको थियो । भारत पनि खेल्ने नखेल्ने टुंगाे नलागेका बेला गएराति काठमाडाै‌ आइपुगेकाे हाे ।