१५ साउन, दक्षिण कोरिया।

दक्षिण कोरियामा नेपाली युवालाई गैरकानुनी बनाउने कार्यमा कामचलाउ सरकारका एक मन्त्री माध्यम बन्ने गरेको खुलेको छ । धार्मिक कार्यक्रममा नेपालबाट शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकाल मार्फत कोरिया आएका युवाहरु भाग्ने गरेका छन् ।

minister ek nath dhakal 363376516 क्रिस्चियन धर्म प्रवर्धनका लागि ढकालले पटक पटक नेपाली युवाहरु कोरिया भित्र्याएका छन । युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्ने धार्मिक कार्यक्रममा ढकालले नेपालबाट सांसदहरुको साथमा अन्य युवाहरु पनि ल्याउने गरेका छन् ।

पछिल्लो पटक २९ माघ देखि ४ फागुनसम्म भएको धार्मिक कार्यक्रममा सहभागी गराउन ढकालले दश सांसद सहित १७ जनालाई कोरिया ल्याएका थिए । अवैधानिक भई काम गरेका एक नेपालीले दिएको जानकारी अनुसार कामका लागि आएर उनि जस्तै भाग्ने अरुपनि छन् । मन्त्री परिषद र मुख्य सचिवको सहमति बेगर ढकाल दश सांसदहरु सहित धार्मिक कार्यक्रममा कोरिया प्रस्थान गरेको भन्दै उनको आलोचना भएको थियो ।

युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्म प्रवर्धनका लागि कोरियामा मुख्यालय रहेको सस्था हो । उक्त सस्थाको प्रमुख कोरियाका उद्योगी सन् म्योंग मुन रहेका छन । ढकाल युनिभर्सल पिस फेडेरेसनका नेपाल प्रमुख हुन । ढकाल प्रमुख रहेको सो सस्थाको नक्सालमा युनिफिकेसन चर्च रहेको छ । क्रिस्चियन धर्ममा नेपालमा सक्रिय भएर धार्मिक प्रवर्धनमा लागेका युवाहरुलाई ढकालले कोरियामा आयोजित कार्यक्रममा सहभागि गराउने गरेका छन । नाम उल्लेख नगरिदिन आग्रह गरेका अवैधानिक ति युवाका अनुसार ढकालको परिवार दलमा आवद्ध भएर नेपालमा क्रिस्चियन धर्मको प्रचारमा सक्रिय भए पश्चात कोरिया प्रवेश सहज हुने गर्छ ।

युनिभर्सल पिस फेडेरेसन नेपाल शाखाले धर्म प्रचारका लागि तिन महिने अभियान संचालन गरेको हुन्छ । संचालित अभियानमा सक्रिय रहेर धर्म प्रचार गरेको हुनुपर्छ । उनले भने, मन्त्री ढकाल सहभागी परिवार दलको कार्यक्रममा पाँच सात सय सर्वसाधारणहरुको उपस्थिति पनि गराउन सक्ने हर्ताकर्ता हुनुपर्छ ।

धार्मिक प्रयोजनका लागि कोरिया आउँदा दोहोरो प्लेन शुल्क सहित कोरिया बसाईको खर्च युनिभर्सल पिस फेडेरेसनले ब्यहोरेको हुन्छ । कागजपत्र मिलाउदा दुइ लाख बढी खर्च भएको उनले बताए । उनका अनुसार ढकाललाई बिश्वाश दिलाउन सक्नुपर्छ । अवैधानिक बन्ने जानकारी ढकाललाई नबताए पनि पटक पटक जम्बो टोलि ल्याउनेलाई थाहा नहुने कुरा भएन, उनले भने ।

डा बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा ढकाल सहकारी तथा गरिबी निवारण मन्त्री रहेका थिए । परिवार दलका समानुपातिक दुइ सांसद रहेका छन् । नेपालको दुरावस्था देखाएर आर्थिक संकलन कोरियाको सडक मै उठाएको भन्दै गत बर्ष दुतावासले ढकाललाई सचेत गराएको थियो ।