३० साउन, काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय नायिका रेखा थापा पछिल्लो समयमा समसामयिक र सामजिक बिषयमा आफ्ना अभिव्यक्तिहरु दिइरहेकी हुन्छिन् । यसअघि पनि एनसेलको कर छलि, डाक्टर गोविन्द केसी लगायतको आन्दोलनमा ऐकबद्धता जनाएकी रेखाले अहिले फेरि अर्को विषयको उठान गरेकी छन् ।

उनले राजधानीमा भएका ठूला भवनहरुको अगाडि बस्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि पोखेकी छन् । बिहीबार फेसुबकमा एक पोस्ट गर्दै रेखाले काठमाडौंका ठूला व्यापारिक मल, ठूला सरकारी कार्यालय भवन र सडकछेउ आमा मान्छेहरुलाई बस्नको लागि बेच्न राखिनुपर्ने सवाल उठाएकी हुन् ।

‘शहर यस्तो होस् जहाँ सर्वसाधारणलाई निशुल्क आराम गर्न ठाउँ होस्’, उनी लेख्छिन्, ‘यिनै मान्छेको कर र किनमेलले होइन र हाकिम र मालिकहरुको कोठमा लाखौको सोफा व्यवस्था हुने ?’ रेखाले आफ्नो स्टाटसमा आम मानिसका लागि सजिलो हुने शहर नै राम्रो शहर भएको उल्लेख गरेकी छन् ।

‘गिनेचुकेकाको स्वर्ग र बाँकीको लागि निर्मोही शहर कहिल्यै अब्बल हुँदैन’, उनी अगाडि लेख्छिन्, ‘शहरको आत्मा मान्छेहरु हुन्, मान्छे दुःखी र बेवास्ता गरिएको शहरमा कुनै कुराले खुशी बनाउँदैन जस्तो लाग्छ ।’

काठमाडौंका कुनै पनि ब्यापारिक मलहरु, ठुला सरकारी भवन र सडक छेउ आम मान्छेहरुलाई एकछिन बस्ने बेन्च सम्म राखिएका छैनन । शहर…

Posted by Rekha Thapa on Thursday, August 15, 2019