४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसिया उडान बन्द गरेको छ । मलेसिया सरकारले भोलीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएसँगै निगमले उडान रोकेको हो ।

‘कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो ।’ निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ । ०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको पनि निगमले उल्लेख गरेको छ ।