२५ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै नेपाली सेनाका प्रधानसेनपतिले पनि चीन भ्रमण गरेपछि भारत तर्सिएको छ । भारतीय सञ्चार माध्यममा नेपालले पनि पाकिस्तानकै शैली देखाएको भन्दै नेपाल चीनसँग नजिकिँदा भारतलाई हुने घाटाबार विश्लेषण गर्न थालेका छन् ।

भारतको चर्चित अखबार नवभारत टाइम्सले नेपाली प्रधानमन्त्रीपछि नेपाली सेनापतिले गरेको चीन भ्रमणपछि भारतलाई हुने घाटाबारे विश्लेषण प्रकाशित गरेको छ । पाकिस्तानका प्रधानमन्त्री चीन गएपछि त्यहाँका प्रधानसेनापति पनि चीन जाने गरेको शैलीमा नेपालपनि देखिएको भन्दै उक्त विश्लेषणमा नेपालले भारतको हित विपरित काम गरिरहेको भनिएको छ ।

nabharattimes analysis Sino Nepal relations

नेपालको संविधानले भारतीय मुलका मधेशीहरुलाई विभेद गरेको भन्दै उक्त विश्लेषणमा भारत नेपालसँग विग्रँदै गएको सम्बन्धबारे निक्कै चिन्तित रहेको उल्लेख छ ।

नाकाबन्दी ब्यहोर्ने यही नै अन्तिम पुस्ता हो- प्रदीप ज्ञवाली

मोदीको अर्को अस्त्रः ओली सरकारलाई गलपासो

भारतले सन् १९८९-९० मा पनि नेपालमाथि नाकाबन्दी गरेको उल्लेख रहेको उक्त आलेखमा पछिल्लो समयमा पनि अनाधिकृतरुपमा नाकाबन्दी गरिएको भनिएको छ ।

१७ महिने नेपाली वालकः अष्ट्रेलियाको फुटपाथमा ज्यान गुमाए (तस्विर सहित)

भारतको नाकाबन्दीकै कारण नेपालले चीनबाट हतियार किनेको नजिर प्रस्तुत गर्दै उक्त विश्लेषणमा भारत र युरोपेली संघले पछिल्लो पटक निकालेको संयुक्त बक्तब्यले नेपाल झनै रिसाएको र यही मौकामा चीनले नेपालमा आँखा लगाइरहेको समेत आरोप लगाइएको छ ।

माओवादी विद्रोहको समयमा भारत र अमेरिकाले तत्कालीन राजालाई हतियार नदिएको तर चीनले भने हतियार आपुर्ति गरेको दावी समेत उक्त आलेखमा गरिएको छ ।

माओवादी सरकार आएपछि भारतसँग १९५० सन्धी खारेज गर्न खोजिएको तर नसकेपछि चीनबाट रेल लाइन नेपालमा जोड्ने प्रयास भएको भनिएको छ । ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौताहरु भएको र रेलवे लाइन र पोखरा अन्तराष्ट्रिय विमानस्थल मुख्य रहेको विश्लेषण यो आलेखको छ ।

चीनका बैंकले नेपालमा साखा खोल्ने सम्झौता पनि भएको र सेना प्रमुख चीन जानुको अर्थ सैनिक तालिम देखि अन्य सम्बन्ध बढ्ने निश्चित रहेको भन्दै विश्लेषणमा चिन्ता ब्यक्त गरिएको छ ।

नेपाल र भारतबीच ब्यापारिक लिङ्क बनेमा चीनले विशाल हिमालय पार गरेर बंगालको समुन्द्र सम्म पुग्ने भन्दै भारतका लागि यो खतरनाक कुरा हुने उल्लेख छ । चीनले तिब्बत हडपेपछि नेपाल बफर स्टेट बनेको अवस्थामा भारत पनि नेपाली भूमि प्रयोग भएर इस्लामिक अतिबाद भारत नछिरोस् भन्नेमा सचेत रहेको निष्कर्ष सहित आलेख टुङ्ग्याइएको छ ।