२२ मंसिर, दाङ । दाङमा प्रहरी नै घुस रकमसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुल्सीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)हेमन्त केसीलाई घुस रकम सहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगन्जले जनाएको छ ।


सार्वजनिक मुद्दा लागेका ब्यक्तिलाई छुटाई दिए बापत केसीले सेवाग्राहीबाट रकम मागेको भन्ने सूचनाका आधारमा नेपालगन्जबाट गएको टोलीले सात हजार रुपैया सहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।