८ साउन, काठमाडौं ।

भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दले यतिबेला देशभरी प्रभाव परेको छ । बन्दकर्ता सडकमा नदेखिएपनि सडकमा गाडी गुडेका छैनन् भने उद्योग कलकारखाना र शिक्षण संस्था पूर्णरुपमा बन्द भएका छन् ।Biplav Birodh on Lipulake (3)

 

फाइल तस्विर

बन्दको चौतर्फी विरोध भएपछि फेसबुक स्ट्याटस लेखेर नेपाल बन्दको बचाउ गरेका बन्दका प्रमुख आयोजक नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द भने यतिबेला देशमा छैनन् । उनी त यतिबेला खाडी मुलुकको भ्रमणमा छन् ।

Biplav status on Nepal Bandha

२ दिन अघि मात्र विप्लवले नेपाली जनतालाई दुःख दिने उद्देश्यले नभएर लिपुलेक सम्झौताबारे सरकारलाई बोल्न बाध्य पार्ने उद्देश्यले बन्द आह्वान गरिएको भन्दै उनले बन्दको बचाउ गरेका थिए ।

तर विप्लव आफू भने गत असार ३० गतेदेखि नै खाडी मुलुकमा छन् । कतारमा नेपाली जनप्रगतिशील मोर्चा कतारको पाँचौं अधिवेशनको उद्घाटन गरेका विप्लव यतिबेला भने दुवइमा छन् ।Biplav Birodh on Lipulake (7)

 

गत महिना राजधानीमा आयोजित एक सभामा विप्लवले नेपालमाथि आँखा नलगाउन विदेशीहरुलाई चेतावनी दिएका थिए । लिपुलेक सम्झौताको विरोधमा खुल्ला मञ्चमा आयोजित पार्टीको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले ‘हाम्रो देशमा कसैले पनि आँखा नलगाओस् हामी जे पनि गर्न तयार छौं’ भनेका थिए ।