१७ मंसिर, काठमाडौं ।

भारतीय विदेशमन्त्रालयले नेपाल-भारत सम्बन्धबारे विदेशमन्त्री सुष्मा स्वराजले भारतको उपल्लो सदन राज्य सभामा प्रस्तुत गरेको लिखित जवाफको पूर्ण पाठ सार्वजनिक गरेको छ ।

नेपालको अवस्था र भारत नेपाल सम्बन्ध विषयक छलफलका लागि भारतीय विदेशमन्त्रीले राज्य सभामा प्रस्तुत गर्न तयार १४ बुँदे लिखित जवाफ पुरा नपढ्दै यो विषयमा छलफल रोकिएको थियो ।

प्रधानमन्त्री ओलीलाई सुष्मा स्वराजको फोन, नाकाबन्दी खोल्न २ शर्त

sushma swaraj answer at rayasabha

नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको भन्दै शुरु गरिएको भारतीय विदेशमन्त्रीको जवाफमा भारतको सेना देखि सरकारी कर्मचारीमा समेत नेपालीहरुले प्रतिस्पर्धा गर्न पाउने गरेको स्मरण गराएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान बनाउन बहुमत नभएर सहमतिको प्रयोग गर्न सुझाव दिएको स्मरण गराउँदै उनले नेपालसँग विशेष सम्बन्ध बनाउन मोदी सरकार शुरु देखि लागेको दावी गरेकी छिन् ।

नेपालको विषयमा भारतको राज्यसभामा पनि हंगामा, आजको बहस सर्‍यो

भारतले दिल्ली भ्रमणमा गएका सबै नेपाली नेता तथा नेपालका प्रधानमन्त्रीलाई समेत समावेसी संविधान बनाउन आग्रह गरेको भएपनि संविधान जारी हुँदा तराइ क्षेत्रका जनतालाई पाखा पारिएको दावी सुष्माको जवाफमा गरिएको छ । भारतीय विदेश सचिवले नेपालको भ्रमण गरेर दिइएको सुझावलाई पनि लत्याइएको भन्दै सुष्माले संविधान जारी गरेपछि तराइ क्षेत्रमा अवस्था विग्रँदै गएको भनिएको छ ।

बीरगञ्जमा बल प्रयोग गरेर नाकाबाट आन्दोलनकारी हटाएपछि अवस्था थप विग्रिएको भन्दै भारतले चाहँदा चाँहदै पनि नेपालसँगको आपुर्ति सहज हुन नसकेको दावी गरिएको छ ।

नेपालका परराष्ट्रमन्त्री कमल थापासँग भएको पछिल्लो भेटमा वार्ता सकारात्मक बनिरहेको जानकारी आएको भन्दै उनले समस्या छिटो समाधान हुने र अवस्था सामान्य हुने जवाफ दिएकी छिन् ।

नेपालसँगको समस्या समाधानका लागि राज्यसभामा रहेका सबै दलको प्रतिनिधित्व रहेको टोली नेपाल भ्रमणमा पठाउने प्रस्ताव समेत सुष्माले राखेकी छिन् ।

बरु मर्नु पर्छ, भारतसँग आत्म समर्पण गर्नु हुदैन- किर्तिनीधि विष्ट (भिडियो सहित)

भारतको उपल्लो सधन राज्य सभामा नेपाल भारत सम्बन्धको अवस्थाबारे शुरु भएको बहसमा सांसदहरुले विदेशमन्त्री सुष्मा स्वराजलाई सांसदहरुले र्‍याख र्‍याख्ती पारेका थिए ।

सुष्माले लिखित जवाफ पढेर सक्न नपाउँदै जेडियूका सांसद पवनकुरमा बर्माले मोदी सरकारको आलोचना गर्दै नेपालमाथि भैरहेको ब्यवहारको आलोचना गरे । नेपालको सम्बन्ध विगारेर मोदी सरकारले चीनसँग पुर्‍याएको भन्दै उनले आलोचना गरे ।

नेपालमाथिको छलफल तत्काल नसकिने भन्दै यो विषयमा अव लामो बहस गर्ने सहमति भएर सरेको छ ।