६ फागुन, काठमाडौं । नेपाल वायु सेवा निगमले पुनः दुई देशसँगको उडान स्थगित गरेको छ ।

चैत ७ गतेको मध्यरातिदेखि लागू हुनेगरी निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको हो । यी दुई देशसँगको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको नेपाल वायु सेवा निगमले जनाएको छ । चैत ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिको बुधबार बसेको बैठकले युरोपका सबै, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक इरान टर्की, मलेसिया, दक्षिण्कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुनेगरी १५ अप्रिल अर्थात ३ बैशाखसम्म आगमनमा प्रतिबन्ध लगाएको थियो । त्यसको भोलिपल्टै निगमले विज्ञप्तिमार्फत दुई देशको उडान स्थगित गरेको हो ।