२९ भदौ, काठमाडौं ।

नेपालको संविधानसभाले आगामी असोज ३ गते संविधान जारी हुने मिति तय गरेको छ । नेपालका हरेक परिवर्तनमा सक्रिय सहभागिता र साक्षी बन्दै आएको छिमेकी भारतलाई नेपालमा हुन लागेको यो ठूलो एतिहासिक कोर्सको अन्त्य र शुरुवातले नमज्जाले धर्मसंकटमा पारेको छ ।

भारतले भनेका कतिपय सुझाव लत्याउँदै नेताहरु अघि बढेपछि भारतले औपचारिकरुपमा यसको विरोध गर्न पनि नसक्ने तर आफूले भनेको जस्तो नभएपछि समर्थन गरेर जान पनि नसकिने धर्मसंकटमा परेको बोली र ब्यवहारले देखाएका छन् ।

Indian MOFA press release


नेपालमा संविधान जारी हुने मिति तय हुने वित्तिकै भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिज्ञको प्रसंसा गर्‍यो र संविधानसभाले अघि बढाएको प्रक्रियाप्रति समर्थन जनाउँदै जुनसुकै परिस्थितिमा भारतले सहयोग गर्न सक्ने सन्देश दियो ।

उक्त विज्ञप्तिमा खुलारुपमा कुनै कुरा नभनिएपनि घुमाउरो ढंगले मधेश आन्दोलन लगायतका विषयप्रति चिन्ता ब्यक्त गरिएको छ । जो मरे पनि नेपाल नै मारिएको भन्दै भावुक बनाउन खोजिएको विज्ञप्तिमा सबै पक्षले पूर्ण रुपले स्वीकार गर्ने संविधान बनाउन भनिएको छ ।

भारतीय मुलधार तथा राज्यस्तरमा यस्ता विज्ञप्ति आएपनि भारतीय मिडिया र पूर्व कुटनीतिज्ञ सहितको धारणा भने अलि फरक र आक्रामक छ । उनीहरुको भनाइ हेर्दा भारतलाई नेपालमा चलिरहेको पछिल्लो प्रक्रिया मन परेको छैन भन्ने स्पष्ट हुन्छ ।

कैलाली घटनापछि भारतीय प्रधानमन्त्रीले  नेपालका प्रधानमन्त्रीलाई फोन गरेर वार्ताबाट समााधान गर्न दवाव दिएका थिए । उनै मोदीले सार्क सम्मेलनमा काठमाडौं आउँदा नेपालमा बहुमतको आधारमा संविधान बन्न नहुने चेतावनी दिएपछि तरंग उत्पन्न भएको थियो । 

अहिले भाारतीय कतिपय दवावका बाबजुद पनि नेपालका नेताहरुले संविधान जारी  गरेरै छोड्ने अडान लिएपछि भारतलाई खुलेर विरोध गर्न पनि  गाह्रो समर्थन गर्न पनि नसकिने अवस्था आएको कतिपयको बुझाइ छ ।

ओली र प्रचण्डले भारतलाई झुक्याएकै हो ?

Prachanda ranjit ray kp oli

अघिल्ला साता मात्र भारतीय राजदुत रञ्जित रेले नेपालका प्रमुख नेताहरुलाई म्याराथन स्टाइलमा भेटेपछि नेताहरुले वार्ताका लागि भन्दै २ दिन सम्म संविधानसभाको प्रक्रिया स्थगित गरे । त्यसको ३ दिनपछि मधेशी र थारु समुदाय आन्दोलित भैरहेको समयमा भारतबाट आएको दवावको ब्यापक विरोध भैरहेको समयमा भारतको चर्चित अखबार हिन्दुस्तन टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले भारतले नेपालमा हस्तक्षेप गर्न ढिला भएको भन्दै खुला अपिलपूर्ण लेखन प्रकाशित गरे । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखन कुनै आलेख भन्दा पनि खुल्ला खुल्ला अपिल जस्तो देखिन्छ ।

मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो !

प्रशान्त झाको लेखसँग मेल खाने विषयबस्तु र शीर्षकमा लेख प्रकाशित गर्दै नेपालका लागि भारतका पूर्व राजदुत जयन्त प्रसादले मधेशीको माग पुरा नगरे नेपालले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । मधेशी लगायतका असन्तुष्ट पक्षको माग संबोधन नगरी संविधान जारी भएमा नेपालमा गम्भिर अवस्था आउन सक्ने उनको चेतावनी छ ।

भारतको चर्चित भारतीय अखबार द हिन्दुमा ‘संघीयता- नेपालको अन्तिम सीमाना’ शीर्षको लेख प्रकाशित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । असन्तुष्टहरुको मागलाई सम्बोधन नगरी अघि बढ्दा देशमा अर्को विद्रोहको वातावरण तयार भैरहेको उनको विश्लेषण छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीसँग गरेको कुराकानी र दिएको सुझावलाई समेत नेपालले लत्त्याएको आरोप उनले लगाएका छन् ।

भारतीय पूर्व राजदुतको चेतावनी- मधेस आन्दोलनबाट नेपालले ठूलो मूल्य चुकाउने छ

मधेस र जनजाति आन्दोलनमार्फत नेपालमा एउटा विद्रोह देखा परिरहेको उनको भनाई छ । कम आक्रामक मानिएका जयन्त प्रसादको यो लेखलाई भारतीय कुटनीतिक धारणाकोरुपमा मान्न सकिने समेत कतिपयको बुझाइ छ ।

नेपालको राजनीतिक विषयमा भारतीय सञ्चार माध्यममा समयमा समयमा संवेदनशील टिप्पणीहरु प्रकाशित प्रसारित हुने कुरा नयाँ होइन । भारतीय मिडियाले नेपाली राजनीतिका विभिन्न विषयमा समय समयमा विभिन्न उत्तेजक हेडलाइन सहित सामग्री आउने गर्छन् । नेपाल हिन्दु राष्ट्र नबनेपछि भारतमा यस्तै तरंग देखिएको छ ।

hindu rastra nepal indian media

hindu rastra nepal indian media 5

hindu rastra nepal indian media 1

hindu rastra nepal indian media 2

hindu rastra nepal indian media 3