६ साउन, एजेन्सी ।

चर्चित बलिउड अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्यङ्ग्य गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा नेहाले मुम्बइमा बाढीले पारेको प्रभावबारे ब्यङ्ग्य गर्दै मोदीलाई योगा र सेल्फीले असल सासन नहुने भन्दै कटाक्ष गरेकी हुन् ।

यो ट्वीटलाई मानिसहरुले ६०० भन्दा बढी पटक रिट्विट गरेका छन् ।

Neha vs Modi

केही दिन अघि मात्र अर्की अभिनेत्री श्रुति सेठले पनि मोदीको ‘सेल्फी विद डटर’ अभियानको चर्को आलोचना गरेर चर्चामा आएकी थिइन् ।

neha dhupiya vs modi

उनीमाथि केही भाजपा कार्यकर्ताले अश्लिल गाली समेत गरेका थिए।

आफ्नो पोष्टमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई #SelfieObsesed अर्थात सेल्फी खिच्न मरिहत्ते गर्ने ब्यक्तिकोरुपमा सज्ञा दिएकी उनले प्रचारमुखी कार्यक्रम नभएर ठोस ब्यवहारमुखी काम गर्न समेत सुझाव दिएकी थिइन् ।