एजेन्सी । अमेरिकामा एक महिलाले एकैपटक ६ शिशु जन्माएकी छिन् ।

टेक्सास महिला अस्पतालमा भर्ना भएकी थेलमा चाइका नाम गरेकी महिलाले एकैसाथ ६ शिशुलाई जन्म दिएकी हुन् । उनले विहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेट अर्थात नौ मिनेटको बीचमा ४ छोरा र २ छोरी जन्माइन् ।

अस्पतालका अनुसार संसारभर चार अर्व ७० करोड सुत्केरीका क्रममा यस्तो घटना हुने संभवना रहन्छ । शिशुहरुको अवस्था स्थिर रहेकाले सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।