इंङग्ल्याण्डमा सो बखत प्रयोगमा ल्याइने ‘जुलिएन क्यालेण्डर’ अनुसार सन् १६४२ डिसेम्बर २५, क्रिस्मसको दिनमा उनी जन्मेका थिए। आफ्नो पिताको मृत्युको तीन महिना पश्चात जन्मेका, उनको नाम पनि आइज्याक न्युटन नै राखियो।

रुखमुनी बसिरहेका न्युटनको टाउकोमा स्याउ खसेपश्चात गुरुत्वबल र गुरुत्वाकर्षण बलको सिद्धान्त सोच्न पुगेका भनिने गरेको कथा धेरै पहिले देखि सुनिदै आएको हो। टाउकोमा स्याउ खसेर दिमागमा उपाय फुरेको हो या स्याउ खसेको देखेर किन वस्तु पृथ्वी तिर खस्छ भनि सोच्न तिर लागेका हुन त्यो उनै जानुन।issac Newton

तर लण्डनको रोयल सोसाइटिको अनुसार लिन्क्लोनसायर स्थित आफ्नी आमाको बगैँचामा बसिरहँदा खसेको स्याउलाई देखि गुरुत्वबल सम्बन्धि सिद्धान्त प्रतिपादन गर्ने सोचमा पुगेको बताइन्छ। तर स्याउ उनकै टाउकोमा खसेको प्रमाण भने भेटिएको छैन।

न्युटनले स्याउ खसेको नदेखेको भए के हुन्थ्यो?

न्युटनले स्याउ खसेको नदेखेको भए के हुन्थ्यो भन्ने प्रश्न भन्दा पनि गुरुत्वबल सम्बन्धि सिद्धान्तमा न्युटनले काम नगेरेको भए के हुन्थ्यो भन्नु अर्थपुर्ण रहला। वस्तुहरु पृथ्वीको तल झर्नेकामलाई सिद्धान्तले रोक्न सक्दैन।Newton and apple

तर यो प्राकृतिक घटनालाई गणितमा शुत्रबद्ध गर्नेकाम नभएको भए अल्बर्ट आइन्स्टाइनले सायदै ‘सापेक्षतावादको सिद्धान्त’मा काम गर्न सक्थे। न त विलियम ह्विस्टन, जोन थियोपिलीयस, थोमस बेयस, जोन केली जस्ता व्यक्तिहरुले विज्ञान अनि गणितमा देन नै दिन सक्थे। न्युटनबाट प्रभावित व्यक्तिहरु हुने थिएनन्। विज्ञान र गणितको विकास अहिलेको अवस्थासम्म आइपुग्ने थिएन।

gravityअझ न्युटनको गति सम्बन्धि नियम नहुँदो हो त अन्तरिक्षको अध्ययन यति अगाडी पुग्ने थिएन। रकेट बन्न सायद अझै सयौं वर्ष लाग्ने थियो। मानिस चन्द्रमामा पुग्ने थिएनन। गुरुत्वबल, गुरुत्वाकर्षण बल र गतिको नियमको जगमा उभिएको कृत्रिम भु-उपग्रह, रकेट अनि अन्य अन्तरिक्ष सम्बन्धि खोज तथा अनुसन्धान अझै सयौं वर्ष पछाडी हुने थियो। फलस्वरुप संञ्चारको यस्तो विकास हुने थिएन। स्याटलाइट नहुँदा अहिले जस्तो इन्टरनेटको विकास हुने थिएन। अब इन्टरनेटको विकास यस्तोसम्म नआइपुगेको भए सायद तपाइले यो लेख पढ्दैगरेको हुनुहुन्थेन।

Gottfried_Wilhelm_Leibniz‘लिमिट्स’, ‘फङ्सन’, ‘डेरिभेटिभ’, ‘इन्टिग्रल’, ‘फाइनाइट सेरिज’ आदी जस्ता महत्वपुर्ण गणितको विकासमा न्युटनको निकै ठुलो योगदान छ। हुन त यो ‘क्यालकुलस’को जन्मदाता मा न्युटनको नाम मात्र आउँदैन। गटफ्राइड लेवनिजको नाम पनि ‘क्यालकुलस’ संगै जोडिएको छ। जसरी ज्यामितिले आकार, अंकगणितले समीकरण र गणितिय सुत्रको अध्ययन गर्छ त्यस्तै क्यालकुलसले परिवर्तन लाई गणितीय सुत्रमा अध्ययन गर्छ।

hyperboloidगुरुत्वबल र गुरुत्वाकर्षणबलको सिद्धान्त प्रतिपादन गर्दा आइज्याक न्युटनले आफैले विकास गरेको गणित ‘क्यालकुलस’ को प्रयोग गरेका थिए। अहिले क्यालकुलस निकै धेरै क्षेत्रमा प्रयोग गरिन्छ। बक्र अनि बक्रको क्षेत्रफल कसरी नाप्ने बन्ने न्युटनले नै पत्ता लगाएका थिए।

अझ प्रकाश सम्बन्धि खोजमा पनि न्युटन अगाडी छन्। सुर्यको प्रकाशमा केवल एउटा मात्र रंग हुदैन भनि प्रिज्मबाट सेतो प्रकाशलाई अन्य विभिन्न रंगमा छुट्याएको उनको प्रयोग निकै चर्चित छ। न्युटनले विकास गरेकै गणितमा आधुनिक युगको गणित अनि विज्ञानको जग बसेको छ।newton and light

आइज्याक न्युटनबाट प्रभावित भएर विकास भएको भौतिकशास्त्र निकै ठुलो छ। उनको योगदान नभएको भए सायद प्रविधि अनि विज्ञान निकै वर्ष पछाडी नै हुने थियो।

यो पनि पढ्नुहोस्ः आइन्स्टाइन र वेदः विज्ञान र धर्मग्रन्थको तथ्य

स्याउको फाइदा-
न्युटनलाई यी सबै महत्वपुर्ण कार्यको लागि सोच्न बाध्य बनाएको स्याउको अन्य फाइदा पनि नभएको हैन।eating apple girl

अल्जाइमर, (बिर्सने रोग) नहोस भन्नको लागि स्याउ निकै राम्रो फल मानिन्छ। स्याउमा पाइले ‘ट्राइटरपेनोइड्स’ले कलेजो अनि स्तन क्यान्सरको रोकथाममा विशेष भुमिका खेल्छ। मधुमेहको खतरा कम गर्न पनि स्याउ उपयोगी हुन्छ। स्याउमा पाइने घुलनशील फाइबरले चिल्लोलाई नियन्त्रण गर्ने हुदाँ कोलस्टोर पनि बढ्न दिदैन। जसले मुटु पनि स्वस्थ राख्न मद्धत गर्छ। तौल नियन्त्रण गर्न, अपच अनि पेट सम्बन्धि बिभिन्न रोगको लागि पनि स्याउ निकै राम्रो मानिन्छ। ‘दिनको एक स्याउ खानाले डाक्टर भगाउँछ’ भन्ने त प्रचलनमै छ। जसको अर्थ हुन्छ, स्याउले न्युटनलाई र पुरा विज्ञान जगतलाई जति राम्रो गर्यो, हाम्रो स्वास्थ्यमा पनि त्यस्तै राम्रो प्रभाव पार्दछ।