१३ चैत, एजेन्सी । नायिका संजीदा शेख आफ्नो व्यक्तिगत जीवनको विषयलाई लिएर सधैँ चर्चामा आउनेगर्छिन् । केहीदिन अघि उनको पति आमिर अलीसँग सम्बन्ध बिच्छेदको खबर आएको थियो । अब भने उनी एक अर्को युवकसँग डेट गरिरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

स्पटब्वाईका अनुसार संजीदाको अहिले नायक हर्षवर्धन राणेसँग सम्बन्ध अघि बढिरहेको छ । दुईबीचको सम्बन्ध साथीभन्दा माथि पुगिसकेको समाचार उल्लेख छ । यद्यपि संजीदाले भने हर्षवर्धनलाई साथीमात्र भनेकी छन् । उनले भनिन्, ‘उ एकदमै राम्रो को–स्टार हो र मिल्ने साथी पनि ।’

आमिर अली र संजीदा शैखको सम्बन्धमा फाटो आएको कुरा लामो समयदेखि चलिरहेको थियो । यसैबीच दुबैको एक बच्चा भएको कुरा पनि बाहिर आएको छ । बच्चा संजीदाले नजन्माई, सेरोगेसीमार्फत जन्माइएको थियो । यद्यपि उनीहरुले भने यसको बारेमा मिडियामा केही पनि बताएका छैनन् । संजीदा अभिनित ‘बस एक बार तुम्को’, ‘तुम आओगे’, ‘अजनवी’ लगायतका गीतलाई युट्युबमा करोडौंपटक हेरिएको छ ।