१० माघ, एजेन्सी । अनैतिक भिडियो बनाएको आरोपमा कुवेतको प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक युवकले आफ्नाी पत्नीको कपाल कोरिरहेका थिए ।

डेली मेलका रिपोर्ट अनुसार महिलाको पति कुवेतके अल्पसंख्यक विदुन समुदायका हुन् । विदुन समुदायले कुवेती नागरिकको रुपमा सरकारले अहिलेसम्म मान्यता दिएको छैन । भिडियो बाहिर आएपछि प्रहरीले उनीहरु दुवै जनालाई घरमै गएर पक्राउ गरेको थियो । मिडियो रिपोर्टका अनुसार भिडियोमा महिलाले अरबी भाषामा अश्लिल शब्दहरु बोलिरहेकी थिइन् ।

प्रहरीले २१ जनवरीमा उनीहरुलाई पक्राउ गरेको हो । देशको कडा शिष्टाचार कानुनलाई उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले अहिले घटनानको अनुसन्धान गरिरहेको छ । कुवेतको पत्रिका अल कवासका अनुसार भिडियोमा दर्शकहरुले पनि अश्लिल कमेन्ट गरेका थिए । कुवेती समाजको नियम तोडेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता हुने र कडा कानुनी कारवाही गरिने स्थानीय प्रहरीको भनाइ छ ।

कुवतेमा विदुन समाजका १ लाख भन्दा बढी मानिसहरु बसोबास गरिरहेका छन् । सरकारले उनीहरुलाई कुनैपनि परिचयपत्र दिएको छैन । त्यसकारण यहाँका मानिसहरु विना देशको नागरिकको रुपमा त्यहाँ बस्दै आएका छन् । कुवेती सरकारले विदुन समाजलाई अवैध निवासी मान्दै आएका छ । उनीहरुलाई स्वास्थ्य र शिक्षा जस्ता अत्यावश्यक सुविधाहरु पनि दिइएको छैन ।