पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानकाे संख्या बढ्न थालेको छ। पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन्।

त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ।

महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० वर्षीय एक युवक प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइदिन निवेदन लिएर पुगे। गत वैशाखमा रूपन्देहीमा विवाह गरेका उनले पन्ती लिन पटक पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन्।

विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ। आफूले खानलाउन दिए पनि माइत गएपछि बिनाकारण घर नफर्केको ती युवकको भनाइ छ। ससुरालीले पनि छोरी नपठाउने भन्दै फर्काउने गरेको उनले बताए।