एजेन्सी । प्रकृति आफैमा रहस्यमय छ । यहाँ अनेक अनौठा आकार अनि संरचना देखिने भेटिने गर्छ। अप्राकृतिक लाग्ने यी प्राकृतिक संरचनाको पछाडी लाग्छ कुनै रहस्य जोडिएको छ। यस्तै केही तस्बिरहरु छन् जसलाई हेर्दा सोच्न बाध्य भइन्छ, कि यी कृत्रिम त होइनन् !

माछाले पखेटा हल्लाउदा पानीमुनि बालुवामा बनेको आकृति।

रक्तिय हिमनदिलाई ‘ब्लड फल्स’ भनेर पनि चिनिन्छ । यो हिमनदी अन्टार्टिकामा छ । यो हिमनदिमा मिसिएको विशेष धातुको कारण हिउ पग्लीएर बग्ने पानी रगत जस्तै देखिन्छ ।

निलो लाभा उच्च तापक्रमको सल्फ्युरिक ग्यास बल्दा यस्तो दृश्य देख्न सकिन्छ । ईन्डोनेसियामा ज्वालामुखि विस्पोट हुदा निलो चम्किलो लाभा देखा परेको थियो ।

तान्जानियामा रहेको यो न्याट्रोन ताल अचम्मको छ । त्यहाँ पाईने सरिसृप जिवहरु एकठाउबाट अर्को ठाउ जादा विभिन्न आकारमा परिणत भै पानीमा तैरने गर्दछन् ।

बाढिको समय पाकिस्तानमा माकुराहरु रुखमा टास्सिएको दृश्य।

लाखौ वर्षपछि, नदिमा पाईने राता ढुङ्गा, वालुवाका कणहरु र विभिन्न खनिज पदार्थहरु मिसिएर जमिन यस्तो आकारमा परिणत भएको पाईन्छ । ईन्द्रेणी आकारको यो क्षेत्र चीनमा छ ।

कतिपय सामुद्रिक क्षेत्रमा यस्ता गुच्छादार फुल फुलेको देख्न पाईन्छ । वरफबाट बन्ने यी फुलहरु जब समुद्र र वायुमण्डलको तापक्रममा फरकपन आउछ तब मात्र बन्दछन् ।

आगो बगेको देखिने यो ‘हर्सटेल फल्स ‘क्यालीफोर्नीयाको राष्ट्रिय निकुञ्जमा पर्दछ । यस्तो दृश्य हरेक वर्ष फब्रुवरी महिनाको केहि दिन मात्र देख्न पाईन्छ ।

लगातारको आँधी भेनेजुयलाको काटाटुम्बो नदिको मुखमा मौसमले यस्तो अवस्था सिर्जना गरिदिन्छ कि, जहाँ १६० दिनसम्म लगातार आँधी चल्छ ।

यस मरुभुमिमा एक वर्ष पानी पर्छ । एक वर्षपछि फुल फुल्छ भने केहि वर्षपछि मरुभुमिमा परिणत हुन्छ । यो पक्रिया केहि वर्षको अन्तरालमा दोहोरिरहन्छ । यो मरुभुमि चिलीमा अवस्थित छ ।

वाफको टावर उत्तर ध्रुवीय क्षेत्रमा प्रकाशको प्रभावले यस्तो दृश्य निर्माण गर्दछ । साइन्स फिक्सन फिल्ममा जस्तो देखिने यस्तो दृश्य प्राकृतिक तापद्धारा निर्माण हुने गर्दछ ।