२९ साउन, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ ।

अनलाइन समाचार पोर्टल नेपाल आजले भिडियो सार्वजनिक गरेको हो । भिडियोमा पुडासैनीले आफूलाई मर्न बाध्य पार्नेमा संचारकर्मी रबी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की रहेको खुलाएका छन् ।

रुँदै भिडियो रेकर्ड गरेका पुडासैनीले यी तीनै जनालाई फाँसी दिएपछि मात्रै आफ्नो आत्माले शान्ति पाउने उल्लेख गरेका छन् । (हेर्नुस् नेपाल आजले सार्वजनिक गरेको भिडियो)